प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

प्रदेश २ मा नेकपा एमालेका ११ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा आज बिहीबार  १० सांसदले भौतिक रूपमा र एकजनाले पत्रमार्फत सनाखत गरेका छन्।

प्रदेश सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन्।  क्यान्सरको उपचार गराइरहेका प्रदेश सांसद डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएका प्रदेश सांसद महतोले जानकारी दिए।

एकीकृत समाजवादी पार्टीमा सनाखत गर्न सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ भने छुटेका छन्। उनीहरू कामविशेषले काठमाडौंमा रहेकाले पछि सनाखत गर्ने बताइएको छ।

सुझावित समाचार