दुई किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशीलाई प्रहरीको लागू औषध ब्युरोले पक्राउ गरेको छ। तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो, दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा र भारतीय नागरिक विजय सिंहलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।
उनीहरु सिन्धुली र काठमाडौंबाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट बरामद भएको कोकिनको नेपाली मुल्य झन्डै ९ करोड रुपैयाँ बराबरको रहेको ब्यूरोले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।