देशभर थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

देशभर थप एक हजार आठ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय १६ र एन्टिजेन परीक्षणमा तीन सय ४१ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा नौ हजार चार सय नौजनाको पिसिआर परीक्षण र तीन हजार सात सय ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३६ हजार आठ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ६ सय ९० पुगेको छ ।
 

सुझावित समाचार