बुधबार रातिदेखि भारी वर्षाको सम्भावना

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण
बुधबार रातिदेखि भारी वर्षाको सम्भावना

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी–धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मंगलबार साँझ विशेष मनसुन बुलेटिन निकाल्दै महाशाखाले बुधबार रातिबाट न्यूनचापीय रेखा तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने सम्भावना रहेकाले भारी वर्षाको सम्भावना रहेको बताएको छ । नेपालको पूर्वी तराईको भूभागनजिक मनसुनको न्यूनचापीय रेखा रहेको कारण विगत एक–दुई दिन अगाडिबाट नेपालमा मनसुन सक्रिय रहेको महाशाखाले बताएको छ । आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेसमेत बताएको छ ।

सुझावित समाचार