भारतमा अक्टोबर महिनामा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने चेतावनी

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

आगामी अक्टोबर महिनामा भारतमा कोरोना भाइरस संक्रमणको दर उच्च बिन्दुमा पुग्ने विज्ञहरूले चेतावनी दिएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थान (एनआइडिएम)अन्तर्गतको कमिटीले यस्तो चेतावनी दिएको भारतीय दैनिक पत्रिका भास्करले जनाएको छ।
 
यसबाट बालबालिका अधिक प्रभावित हुने जनाइएको छ। कमिटीले अहिलेदेखि नै तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिएको छ। अस्पताल र स्वास्थ्य उपकरणलगायतको व्यवस्थापनको तयारी सुरु गर्न भनिएको समाचारमा उल्लेख गरिएको छ।

भारतमा आइतबार २५ हजार चार सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४४ हजार एक सय तीनजना संक्रमणमुक्त भएका छन्। पछिल्ला तीन दिनमा लगातार संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या धेरै छ। संक्रमितको संख्या कम भएर मानिसको चहलपहल बढिरहेको वेला पुनः संक्रमण बढ्ने चेतावनी जारी भएको छ।

सुझावित समाचार