अफगानिस्तानको राजधानी काबुलनजिकैको सहर जलालबादमा तालिवानविरुद्ध प्रदर्शन भएको छ। जलालबाद सहरका बासिन्दाले भर्खरै सत्ता कब्जा गरेको विद्रोही संगठन तालिवानविरुद्ध बुधबार प्रदर्शन गरेका हुन्।
अलजजिराका अनुसार तालिवानले जलालबादको एक महत्वपूर्ण भवनमा अफगानिस्तानको झन्डा हटाएर तालिवानको झन्डा राख्न खोजेपछि जलालबादका स्थानीयवासीले त्यसको प्रतिवाद गरेका हुन्।
सो प्रदर्शनमा गोली चल्दा कम्तीमा दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । गत अगस्ट १५ मा तालिवानले काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडिसकेका छन्। तालिवानले सरकार बनाउने प्रयास गरिरहेको छ।