देशभर ३,२७४ जना कोरोना संक्रमित थपिए, २७ को मृत्यु

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार चार सय ५६ र एन्टिजेन परीक्षणमा आठ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ११ हजार पाँच सय ६५  जनाको पिसिआर परीक्षण र  ६ हजार एक सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३९ हजार आठ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।  मंगलबार एक हजार नौ सय २९ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार तीन सय ५४ पुगेको छ ।
 

सुझावित समाचार