थपिए ३,९१५ कोरोना संक्रमित

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा तीन हजार नाै सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकअनुसार ११ हजार सात सय आठजनामा पिसिआर माध्यमबाट परीक्षण गर्दा दुई हजार सात सय ६३ संक्रमित भएका छन् ।

त्यस्तै, ६ हजार आठ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार एक सय ५२ जनामा संक्रमण भएको पुष्टि भएको छ । गत २४ घन्टामा दुई हजार एक सय १८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

सुझावित समाचार