पछिल्लो २४ घन्टामा दुई हजार पाँच सय ४८ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नाै हजार ३३ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार एक सय ३७ जनामा र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ११ जनामा कोरोना देखिएको छ।
सोही अवधिमा दुई हजार २९ जना कोरोनामुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ।