जसपा आधिकारिकताबारेको रिट न्यायाधीश राउतको इजलासमा

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको इजलास परेको छ। यसअघि हेर्न नभ्याइनेमा परेको रिटलाई आज सर्वोच्चले न्यायाधीश राउतको एकल इजलासमा तोकेको हो। 

निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यही विषयलाई लिएर महन्थ ठाकुरले  साउन १५ मा सर्वोच्च अदालतमा  रिट दर्ता गराएका थिए।   

रिटको सुनुवाइका लागि पहिलोपटक साउन १८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

See More On

सुझावित समाचार