कायममुकायम प्रधानसेनापति तोकिए शर्मा

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

बलाधिकृत रथी प्रभुराम शर्मा नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई कायममुकायम प्रधानसेनापति तोककी हुन्। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल भदौ २५ बाट सकिँदै छ । अनिवार्य अवकाश पाउन लागेका थापा साउन २५ बाट घरबिदामा बस्न लागेका छन्। यससँगै मन्त्रिपरिषद्को साउन १२ को सिफारिसअनुसार साउन २६ बाट लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार सो जिम्मेवारी दिइएको हो।

सुझावित समाचार