एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो : पोखरेल

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

एमाले महासचिव  ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन् । काठमाडौं क्षेत्र नं. ५ को धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन नसक्ने बताए ।  

उनले पार्टीभित्रको खराब आचारण भएका तत्वहरूलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।  ‘पार्टीभित्र अन्तर्संघर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत भएको टिप्पणी गरे । 

सुझावित समाचार