पछिल्लो २४ घन्टामा देशभर एक हजार आठ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा एक हजार दुई सय ३७ र एन्टिजेन परीक्षणमा पाँच सय ९४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा तीन सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई सय ६३, ललितपरमा ९७ र भक्तपुरमा ३१ जना संक्रमित थपिएका छन् ।
पछिल्लोपटक पाँच हजार पाँच सय ३५ पिसिआर र तीन हजार ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ३३ जना संक्रमणमुक्त भएका छन् भने २० जना संक्रमितको मृत्यु भएको छ ।