१७८ केजी गाँजासहित दुई पक्राउ

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले दुई छुट्टाछुट्टै स्थानबाट एक सय ७८ केजी आठ सय ग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना फरार छन् ।

प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेबाट सवारीचालक चितवन राप्ती नगरपालिका– ६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साहलाई पक्राउ गरेको हो । बुधबार साँझ ५:५० बजे चितवनबाट बारातर्फ जाँदै गरेको ना.४च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो नाै सय ग्राम गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसैगरी हेटौँडा– ५ स्थित रिलान्स बोर्डिङ स्कुलअगाडि रोकिराखेको प्रदेश ३–०१–२२ च ७२३७ नम्बरको पिकअप जिपबाट एक सय २० किलो नाै सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देख्नासाथ चालक भने फरार भएको र खोजी भइरहेको जनाइएको छ ।
 

See More On

सुझावित समाचार