सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताएका छन् ।
बुधबार संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले प्रतिनिधिसभामाथिको पटकपटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताए ।
वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद् दिवसको रूपमा मनाउने गरिन्छ ।
