पहिरोले कर्णाली करिडोरअन्तर्गत हुम्लाखण्ड अवरुद्ध

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

कर्णाली करिडोरअन्तर्गत हुम्लाखण्डको विभिन्न भागमा सुक्खा पहिरो जाँदा  सडक अवरुद्ध भएको छ । सुक्खा पहिरोका कारण हुम्लाखण्डको सडक अवरुद्ध भएको हो ।  सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न छोडेका छन् । 

सुक्खा पहिरोले १६ ठाउँमा सडक अवरुद्ध बनाएको कर्णाली करिडोर  सडक निर्माण कार्यदलका प्रमुख मेजर  मिलन कार्कीले बताए ।  राजकोटमा ठूलो ढुंगा र पहिरो गएको छ । साखाचौरको चार ठाउँमा पहिराे गएको छ भने  छेपी गाउँअगाडि सात ठाउँमा पहिरो गएको करिडोर सडक निर्माण  कार्यदलका प्रमुख कार्कीले बताए ।

‘अवरुद्ध सडक  सेनाले सफा गरे पनि फेरि पहिरो आएर अवरुद्ध भइहाल्छ,’  उनले नयाँ पत्रिकासँग भने । बाजुराको बादुनजिकै १९ ठाउँ पहिरोले सडक अवरुद्ध भएको नेपाली सेनाले जनाएको छ । वर्षाका कारण धेरै ठाउँमा पहिरोले कर्णाली राजमार्गका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । वर्षाले कर्णाली करिडोर एकसाता देखि नै सडक अवरुद्ध  छ ।

खुलालु–हुम्ला सडक पनि  पहिराले अवरुद्ध बनेको छ । कर्णाली करिडोरअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका– १ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडकखण्डमा पहिरो गएको छ । 

सुझावित समाचार