नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु, २४७४ संक्रमित थपिए

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितका संख्या आठ हजार नौ सय १८ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार चार सय ७४ जना संक्रमित थपिएका छन् । पछिल्लो  पटक १२ हजार दुई सय ३२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा दुई हजार पाँच सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ७० हजार नौ सय ५८ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ८९.७ प्रतिशत रहेको छ ।
 

सुझावित समाचार