पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । तानसेन नगरपालिका– १ भुसलडाँडाकी ३६ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

मेडिकल कलेजका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीका अनुसार ती महिलालाई श्वासप्रश्वासको समस्या आएपछि पाँच दिनअघि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई थप उपचारका लागि आइतबार मेडिकल कलेजमा ल्याइएको थियो ।

अहिलेसम्म पाल्पामा कोरोना संक्रमितको संख्या ६ हजार पाँच सय ५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या सात सय रहेको छ । जसमध्ये ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ । ६ सय ४७ जना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

सुझावित समाचार