नाै वर्ष तीन महिना कैद फैसला भएका फरार अभियुक्त पक्राउ

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

सुर्खेत उच्च अदालतले नाै वर्ष तीन महिना कैद २५ हजार जरिमाना तिराउने फैसला भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्ती करणी र चोरी मुद्दा लागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ का कवि कालुङलाई पक्राउ गरेको हो ।

सुर्खेत उच्च अदालतको २०७७ साल फागुन ३ गतेको फैसला आदेशपश्चात् फरार रहेका कालुङलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले जेठ २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेको कालुङलाई कोरोना परीक्षण अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार