रुबी भ्यालीको कोभिड अस्पताल सञ्चालनका लागि आश्रमको सहयोग

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

धादिङ रुबी भ्याली गाउँपालिकास्थित कोभिड अस्पताल सञ्चालन गर्न जनजाति कल्याण आश्रमले भौतिक सहयोग गरेको छ । गाउँपालिकामा १५ शøयाको कोभिड अस्पताल बन्दै छ । अस्पताल सञ्चालनका लागि आवश्यक अक्सिजन, फोल्डिङ बेड, मेट्रेस, सिरानी, आइबी स्ट्यान्डलगायतका सामग्री आश्रमले सहयोग गरेको हो । 

आश्रमका सचिव मिलन भट्टका अनुसार कोभिड‐१९ बाट पीडित स्थानीयको सहयोगका लागि आश्रमले आवश्यक सबै किसिमको सहयोग गर्ने बताए । उनका अनुसार अहिले अस्पताललाई आइबी स्ट्यान्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र १० र पाँच लिटर क्षमताको पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । 

अस्पतालका लागि आवश्यक औषधिसहित पाँच सय थान मेडिसिन किट केही दिनभित्रै उपलब्ध गराइने उनले जानकारी दिए ।
 

सुझावित समाचार