नेपालमा कोरोना संक्रमणबाट थप ९९ को मृत्यु, ६६३६ संक्रमणमुक्त

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार नियमित प्रेस ब्रिफिङमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार आठ सय ९८ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार चार सय ७९ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा एक हजार एक सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ६ हजार ६ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय संक्रमण कम हुँदै गएको पौडेलले बताए ।
 

सुझावित समाचार