प्रहरीको रासनभत्ता १५ प्रतिशत बढ्यो

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।
 
विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो । तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ । हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुन्छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापत भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत रासन नै लिने गर्दछन् ।

सुझावित समाचार