काँक्रेबिहार संरक्षित क्षेत्रमा आगलागी

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो करिब १ बजेदेखि आगलागी सुरु भएको हो । 

दिउँसो एक बजेदेखि आगलागी सुरु भएको र अहिलेसम्म पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।आगलागी नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र स्थानीयहरू आगलागी नियन्त्रणका गर्न थालेको स्थानीय नविना श्रेष्ठले जानकारी दिइन् । 

आगलागी हुँदा काँक्रेबिहार क्षेत्रमा रहेका जनावरहरूको भागाभाग भएको छ । झन्डै चार किलोमिटर क्षेत्रफलमा आगलागी भइसकेको स्थानीयले बताएका छन् । 
 

सुझावित समाचार