राष्ट्रिय किताबखानामा घुस लेनदेन : अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर

बुधबार, ५ फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रिय किताबखाना (शिक्षक), ताहाचलमा भएको घुस प्रकरणमा अधिकृत धनेश्वर प्रसाईंको समेत संलग्नता देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत प्रसाईंसहित तीनजनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले कार्यालयका हलुका सवारीचालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेलाई ५२ हजार घुससहित पक्राउ गरेको थियो । एक शिक्षकको अवकाशपश्चात पेन्सन कागजात बनाउन  काम छिटो गरिदिने भनी त्यसरी घुस लिइएको थियो । 

अनुसन्धानको क्रममा अधिकृत प्रसाईंकै निर्देशनमा घुस लेनदेन भएको खुलेपछि तीनैजनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सुझावित समाचार