अशोक लेलैन्डका भाइकिङ २२२ मोडलका बस हस्तान्तरण

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले काठमाडौंमा एक कार्यक्रम गरी भइकिङ २२२ मोडलका बसहरू ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ग्राहकलाई २०२१ मोडलका गाडी हस्तान्तरण गरेको हो । 

कम्पनीले हाल नेपालका सडकमा भाइकिङ २२२ गाडी सयवटाभन्दा पनि बढी बाटोमा गुडिरहेको जनाएको छ । डेलिभरी गरिएका २०२१ मोडलका बसहरू यस वर्ष पहिलोपटक नेपालमा गुड्ने कम्पनीले जनाएको छ ।

गाडी खरिद गरेका एक ग्राहकले हाल पनि १० वटा भाइकिङका गाडी रहेको र पूर्व–पश्चिम राजमार्गमा समस्याविना चल्दै आएको जनाएको कम्पनीले उल्लेख गरेको छ । ग्राहकको मागअनुसार आरामदायी यात्रा साथै राम्रो कमाइ हुने भएकाले आफूले भाइकिङ २२२ रोजेको उनको भनाइ छ । 

यसमा इनलाइन फ्युल पम्पका साथै एच सिरिज इन्जिन रहेको कम्पनीले जनाएको छ । यसका कारण इन्धन कम खपत हुनुका साथै मर्मत खर्च कम लाग्ने कम्पनीको दाबी छ । यो बसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनका साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार