गुठीको जग्गामा मोहीलाई ५० प्रतिशत मुआब्जा दिन निर्देशन

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मोहीहरूको ५० प्रतिशत मोही हक सुरक्षित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

गुठीसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐनले मोहीको हक ५० प्रतिशत सुनिश्चित गरेको छ । तर, गुठी संस्थाले बनाएको र सरकारले स्वीकृत गरेका गुठीसम्बन्धी विनियममा मुआब्जा दिँदा एकतिहाइ मोहीलाई र दुई भाग गुठी संस्थालाई हुने गरी बनाइएको छ । यो विषय ऐनसँग बाझिएको छ । बाझिएको ऐन लागू नगर्न र विनियम संशोधन गरी मोहीहरूको ५० प्रतिशत मोही हक सुरक्षित गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

समिति बैठकमा उपस्थित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विनियममा कमजोरी रहेको स्विकारे र संशोधन गर्ने पनि बताए । गुठी संस्थानले विनियम बनाएर मोहीले ३३ प्रतिशत र गुठी संस्थानले ६७ प्रतिशत मुआब्जा पाउने व्यवस्था गरी कार्यान्वयन गरेको छ । 
 

सुझावित समाचार