१७ सालपछिका तुलसी गिरी, केशरजंग नबनौँ : बाबुराम भट्टराई

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका छन्। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ।

सामाजिक सञ्जाल ट्विटरमा बिपी कोइरालाको उदाहरण दिँदै उनले भने, ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौँ । २०१७ सालपछिका तुलसी गिरी, केशरजंग नबनौँ ।’

सुझावित समाचार