मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहकार्य

बुधबार, २९ पुष, २०७७
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम–व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकले महासंघसँग आबद्ध उद्यमी महिलालाई व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाइएको छ । 

कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरूमार्फत छिटो–छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार