नेपाल सुनचाँदी व्यवसायी महासंघमा शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

नेपाल सुनचाँदी व्यवसायी महासंघकोे सातौँ तथा आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा भएको कार्यक्रमले शाक्यलाई अध्यक्ष चयन गरेको हो ।  

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएको महासंघले जनाएको छ । एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भएको जनाइएको छ ।

महासंघको प्रवक्तामा मनोजकुमार शाह र सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएको महासंघले जनाएको छ । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएअनुरूप सबै पदमा निर्विरोध भएको जनाइएको छ । 

साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिहरूलाई चयन गर्ने निर्णय गरेको जनाइएको छ । जसअनुसार प्रस्तावित उपाध्यक्षहरूमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् ।

प्रस्तावित सचिवमा केशबहादुर सुनार तथा प्रस्तावित सहकोषाध्यक्षमा रमेश रसाइली रहेका छन् । नयाँ व्यवस्थाअनुरूप अब महासंघमा ७७ जनाको कार्यसमिति रहने जनाइएको छ । 

सुझावित समाचार