झापाबाट उपचारका लागि विराटनगर आएका युवकको बसभित्रै मृत्यु

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

झापाबाट यात्रुबाहक बस चढेर उपचारका लागि विराटनगर आएका एक युवक बसभित्रै मृत फेला परेका छन् । 

झापाको केरखाबाट मे.१ख ३३३३ नम्बरको जनसेवा यातायातमा चढेर उपचारका लागि  विराटनगर आएका २५ वर्षीय राजकुमार थापा बसकाे सिटमै सोमबार बिहान साढे ८ बजे मृत फेला परेका हुन् । 

प्राप्त विवरणअनुसार उनी किड्नीको उपचार गराउन बिहानै घरबाट बस चढेर आफन्तसँगै विराटनगर आइपुगेका थिए । बासपार्कमा बस रोकिएपछि सबै यात्रुहरू ओर्लिसक्दा पनि उनी नझरेपछि बसका स्टाफले सोधीखोजी गर्दा  उनको बसभित्रै  सिटमै मृत्यु भएको पाइएको थियो । थप अनुसन्धानका लागि आफन्तसँग सम्पर्क गर्ने काम भइरहेको मोरङ प्रहरीले जनाएको छ।  

सुझावित समाचार