कर्मचारीलाई कोराना देखिएपछि सिजिटन बैंककाे हुम्ला शाखा सिल

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

सिटिजन बैंककाे हुम्ला शाखामा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ ।

सिमकोट शाखामा कार्यरत दुई कर्मचारीमा कोभिड– १९ संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको सिटिजन बैंक हुम्ला शाखाले जनाएको छ । बैंकका अनुसार आइतबार र सोमबारका लागि सिटिजनका  बैंकको कारोबार बन्द हुनेछ ।

जिल्ला अस्पताल हुम्लामा गरिएको इन्टिजिन  विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त  कार्यालय प्रमुख सरिता बोहराले बताइन् । बोहराका अनुसार पाँचजनाको एन्टिजिन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको थियो । 
 

सुझावित समाचार