जीवन लिम्बू बने वार्सटाइनर गल्फ प्रतियोगिता विजेता

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

तेस्रो वार्सटाइनर गल्फ प्रतियोगिता–२०२१ को उपाधि जीवन लिम्बूले जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाइनर गल्फ प्रतियोगितामा लिम्बूले ४२ अंक हासिल गर्दै उपाधि जितेका हुन् ।

३ र ४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा एसएसपी अशोक सिंहले पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेको आयोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले जनाएको छ । त्यस्तै, हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् भने अर्शिया बानूले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छिन् । त्यस्तै, महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी जनाइएको छ । 

त्यस्तै, ब्रिगेडियर जनरल दिलीपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणा सिनियरतर्फको उपविजेता बनेका छन् । त्यस्तै, सोनाम लामाले मोस्ट बर्डिज अवार्ड र मिथुन राईले लन्गेस्ट ड्राइभ अवार्ड जितेको जनाइएको छ । 

रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले क्लोजेस्ट टू द प्वाइन्ट अवार्ड तथा कृष्णचन्द्र कायस्थले बेस्ट स्पोर्टस्म्यान्सिपको अवार्ड जितेको जनाइएको छ । खेलका विजेताहरूलाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेको जनाइएको छ । 

विभिन्न क्याटागोरीका ११ विजेतालाई वार्सटाइनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको जनाइएको छ । नेपालमा वार्सटाइनर प्रिमियम जर्मन बियरको सुरुवात भएको वर्ष २०१६ देखि नै  रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि वार्सटाइनर बियरको सहकार्य रहँदै आएको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार