ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो : ईश्वर पोखरेल

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् । 

उनले सूर्य चिह्न कसकाे हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरे । 

आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिह्न हुने भएकाले सूर्च चिह्न आफूहरूको नै हुने उनको भनाइ थियो । 

यदि कानुनी रूपमा अल्झो टुंगिन बाँकी भए पनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिह्न पाउने विश्लेषण उनले सुनाए । 

स्थानीय जनप्रतिनिधिहरूलाई सूर्य चिह्न जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि उनले आग्रह गरे ।

सुझावित समाचार