सांसद बिडारीकाे माग- प्रतिनिधिसभा विघटनबारे संविधान बनाउँदा भएको छलफलको रेकर्ड राष्ट्रिय सभामा बजाइयाेस्

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

सांसद रामनारायण बिडारीले प्रतिनिधिसभा विघटनबारे संविधान बनाउँदा भएको छलफलको रेकर्ड राष्ट्रिय सभामा बजाउन माग गरेका छन् ।

आज राष्ट्रिय सभामा उनले भने, ‘सविंधान मस्यौदा गर्दा समितिले कार्यदल बनाएको थियो १५ जनाको । म पनि एक सदस्य थिएँ । विज्ञ टिम बनाइएको थियो, तत्कालीन माननीय कृष्ण सिटौलाको अध्यक्षतामा, त्यो पाँचजनाको टिममा पनि म थिएँ । केपी ओली बारम्बार त्यहाँ आउनुहुन्थ्यो । सुवास नेम्वाङ त्यो वेलाको अध्यक्ष हुनुहुन्थ्यो । त्यहाँ भएको कुराको टेप रेकर्डलाई यो सदनमा बजाइयोस् । अनि हामीले कति नालायक काम गरेछौँ भन्ने कुरा त्यहाँबाट स्पष्ट हुन्छ । लामो समय लगाएर धारा ७६ र १०० लाई देश र विदेशका समेत विज्ञहरूसँग परामर्श गरेर के गर्याे भने प्रतिनिधसभा प्रधानमन्त्रीको सनकमा भंग हुन सक्दैन भन्ने कुरा निर्क्याेल गर्नका निम्ति जानेसम्मको भाषा त्यहाँ लेखिएको छ ।’

सुझावित समाचार