राष्ट्रिय सभा बैठकमा वामदेव गौतमले भने- फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेकाे छु [भिडियाेसहित]

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई थियो ।

दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेकाे छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु’ उनले भने, ‘र मलाई लाग्छ, पार्टीको बिचमा एकता अपरिहार्य छ, बुझ्न सकियो भने । दुवै पक्षका नेता यसरी उभिनु भएको छ कि समाजवादी सभ्यता निर्माण गर्छु भन्नेहरुलाई लाज लाग्नेगरी उत्रनुभएको छ ।’

सुझावित समाचार