वीरगन्जकोे ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेवप्रसाद कुशवाहको निधन भएको छ ।
डा. कुशवाहको बुधबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विगत २ महिनादेखि जन्डिसबाट पीडित डा. कुशवाहको स्वास्थ्यमा समस्या आएपछि उनलाई केहि दिन अगाडी अस्पताल भर्ना गरिएको थियो ।
वीरगन्जको अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौँस्थित नर्भिक अस्पतालमा लागिएको थियो ।
नर्भिक अस्पतालमा डा. कुशवाहलाई आइसियूभित्र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बुधबार राति दुई बजे निधन भएको क्याम्पस सहप्राध्यापक उमेश चौरसियाले जानकारी दिए ।
डा. कुशवाहको अन्त्येष्टि आज बिहीबार नै उनको पैतृक गाउँ वीरगन्ज महानगरपालिकास्थित कोहड़ीमा हुने उनले जानकारी दिए ।
डा. कुशवाह गणित विषयका जानकार एवं यस क्षेत्रका चर्चित व्यक्तित्व थिए ।