संसद् विघटनविरुद्ध परेका रिटउपर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा अहिले रिट निवेदन र त्यसको जवाफ पढेर सुनाइँदै छ ।
इजलास अधिकृतले सबै रिट निवेदन र त्यसको जवाफ पढेर सुनाउँदै छन् ।
यसरी सबै रिट निवेदन पढ्ने र त्यसको जवाफसमेत पढ्दा आजका लागि बहसको समय नै उपलब्ध नहुने रिट निवेदन हाल्ने अधिवक्ताहरूको भनाइ छ ।
एक अधिवक्ताले भने ‘सबै रिट निवेदन र जवाफ पढ्ने हो भने बहसका लागि समय नै मिल्दैन ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।