हुम्लामा हिमपात, जनजीवन प्रभावित

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । हिमपातको कारण जनजीवन कष्टकर बनेको छ । 

हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न समस्या भएको एक कर्मचारीले बताए । 

किसान भने बाली राम्रो हुने भन्दै खुसी बनेका छन् । यद्यपि पशु चौपाया चराउन समस्या भएको किसान बताउँछन् । 
 

सुझावित समाचार