कारकाे ठक्करबाट पाटेबाघको मृत्यु

शनिबार, १८ पुष, २०७७
डिजिटल संस्करण

पथलैया-हेटौँडा सडकखण्डको आधाभारनजिक कारकाे ठक्करबाट एउटा पाटेबाघको मृत्यु भएको छ । 

हेटौँडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

राजमार्गको दुवैतर्फ पर्सा राष्ट्रिय निकुञ्ज रहेको हुँदा बाघले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आइरहेको कारले बाघलाई डक्कर दिएको निकुञ्जले जनाएको छ ।

मृत पाटेबाघ अन्दाजी ९–१० वर्षको पोथी प्रजातिको रहेको छ । बाघलाई ठक्कर दिने कार र कारचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको निकुञ्जले जनाएको छ ।
    
 

See More On

सुझावित समाचार