प्रचण्डपत्नी सीता अस्पताल भर्ना

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण
प्रचण्डपत्नी सीता अस्पताल भर्ना

तस्वीर : गंगा दाहालकाे फेसबुकबाट

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । 

लामो समयदेखि बिरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी भएका कारण यसअघि पटकपटक विदेशका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो । 

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका वेला पनि सीता आफ्ना पति प्रचण्डसँगै भूमिगत भएकी थिइन् । 

केही वर्षयता उनी शरीर कमजोर हुने विशेष प्रकारको रोगबाट ग्रसित छिन् ।

सुझावित समाचार