नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण
नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

तस्वीर : शाक्यकाे फेसबुकबाट

प्रचण्ड–नेपाल समूहको नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ । 

यसअघि संसदीय दलको नेतामा डोरमणि पौडेल थिए । उनी अहिले प्रदेशको मुख्यमन्त्री हुन् । 

उनी ओली पक्षको नेकपामा रहेपछि प्रचण्ड–नेपाल समूहले शाक्यलाई प्रदेश संसदीय दलको नेता चुनेको हो । 

मुख्यमन्त्री पौडेलविरुद्ध  प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्तासमेत भइसकेको छ ।

उनलाई मुख्यमन्त्रीबाट हटाएर शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

पेरिसडाँडास्थित नेकपाको कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको नेकापको बागमती प्रदेश सांसदहरूको बैठकले शाक्यलाई नेता चुनेको स्रोतले जनाएको छ । 

सुझावित समाचार