प्रतिनिधिसभा विघटनविरुद्ध रिट : १२ मध्ये चारको सुनुवाइ हुँदै

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटमध्ये चारवटा रिटमाथि सुनुवाइ भइरहेको छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् ।

अहिले कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता ज्ञानेन्द्रराज आरणद्वारा दायर रिटमाथि सुनुवाइ भइरहेको छ । 

प्रधानमन्त्री केपी ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरेका थिए । 

अहिले अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् । 

सुझावित समाचार