ओली-प्रचण्ड छलफल सकियो, खुमलटार पुगे माधव नेपाल

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

करिब एक घन्टा चलेको छलफलमा नेता वामदेव गौतमको समेत उपस्थिति रहेको थियो । 

ओली निस्किएपछि वरिष्ठ नेता माधव नेपाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन् । ओली निस्किएको केही समयपछि नेता गौतमसमेत खुमलटारबाट बाहिरिएका थिए ।  

खुमलटार स्राेतका अनुसार, आजको छलफलमा कुनै ठोस सहमति हुन सकेन । दुवै ‘हिजो–अस्तिकै निरन्तरता मात्र हो’ स्राेतले भन्यो, ‘चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस कुरा भएन ।’ 

नेकपाभित्र जारी विवादकै निरन्तरतास्वरूप आजको छलफल भएको स्राेतले बतायो । ‘बालुवाटारमा हुने छलफल खुमलटारमा मात्र भएको हो, अरू कुनै उपलब्धिमूलक कुराकानी भएन ।’ स्राेतले बतायो ।  
 

सुझावित समाचार