हुम्लामा यातायात सञ्चालन हुने

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला हुम्लामा यातायात सञ्चालन हुने भएको छ । निर्माणाधीन कर्णाली करिडोरको हुम्ला खण्डको केही स्थानीय तहमा साना यातायात सञ्चालनका लागि अनुमति दिने निर्णय भएको छ । 

अहिलेसम्म हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिएको छैन । कर्णाली करिडोरले छोएको हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा सडक यातायात सञ्चालन गर्नका लागि अनुगमन गरिएको छ । यस क्षेत्रमा सडक यातायात सञ्चालन भएमा हुम्लाका दक्षिण र मध्य क्षेत्रका चार स्थानीय तहका साथै मुुगुको सोरुकोट गाउँपालिकाका बासिन्दालाई सहज हुनेछ । 

शनिबार सांसद छक्क लामा, जिल्ला समन्वय समिति संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल, अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, नेकपा हुम्लाका अध्यक्ष लालकेश जोशी, सशस्त्र प्रहरी प्रमुख मोहन विष्टसहित सुरक्षा निकाय र सरोकारवालाको संयुक्त टोलीले स्थलगत अनुगमन गरी यातायात सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो । ताँजाकोट गाउँपालिकाको कर्बाडीदेखि सर्केगार्ड गाउँपालिकाको खचासम्म यातायात सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । 

See More On

सुझावित समाचार