मोरङका १८ प्रहरीले गरे ‘प्लाज्मा’ दान

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमितको उपचारका लागि मोरङका १८ जना प्रहरीले शनिबार ‘प्लाज्मा’ दान गरेका छन् ।  

कोरोना निको भएका ४० वर्षसम्मका १८ जना प्रहरीले रेडक्रस सोसाइटी मोरङमार्फत ‘प्लाजा’ दान गरेका हुन् । 

कोरोना संक्रमतिको उपचारमा प्लाज्मा उपयोगी देखिएकोले त्यसको अभाव हुन नदिन संक्रमणमुक्त भएका मातहतका प्रहरीलाई रक्तदान गर्न आग्रह गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

सुझावित समाचार