कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

कांग्रेसको आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको गत २३ असोजमा भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा कांग्रेसले २४, २५ र २६ असोजमा पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै २५ असोजमा केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 

बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।

सुझावित समाचार