गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेमा कास्की पोखरा महानगरका ६ जना, तनहुँको व्यासका तीन र देवघाटका एकजना छन् ।

त्यसैगरी स्याङ्जाका एकजना संक्रमित भएका छन् । नवलपुरका १३ जना  संक्रमित भएका छन् ।

त्यसमध्ये गैँडाकोटका नाैजना, मध्यबिन्दु र देवचुलीका एक–एकजना, कावासोतीका दुईजना र गोरखाको सिरानचोकका एकजना छन् ।

मंगलबार बिहान संक्रमित भएकासँगै गण्डकीमा संक्रमित हुनेको संख्या चार हजार दुई सय ४६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

सुझावित समाचार