हुम्लाका सहायक सिडिओ हमालले गृह मन्त्रालयसँग मागे क्षमा

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भूलवश सम्बन्धित तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा मागेका छन् । तालुकदार निकायलाई जानकारी नदिई सञ्चारमाध्यममा अभिव्यक्ति दिएकोमा क्षमा माग्दै अबउप्रान्त यस्तो काम नहुने प्रतिबद्धतासहित स्पष्टीकरण दिएका छन् ।

नेपाल–चीन सीमाजस्तो संवेदनशील विषयमा के–कति कारणले सञ्चारमाध्यमलाई अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले गत ७ असोजमा पठाएको चलानी नम्बर २७९ को पत्रमा २४ घन्टाभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको थियो ।

सुझावित समाचार