कर्णाली प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेश सभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा उनलाई संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएपछि होम आइसोलेनमा बसेको सांसद श्रेष्ठले बताएका छन् । उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि जानकारी दिए । यसैगरी जुम्लामा शनिबार र शुक्रबार गरी चारजना कोरोना संक्रमित थपिएका छन् । 

यसअघि जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअलि मनियार, क्षेत्रीय होटेल संघ जुम्लाका अध्यक्ष डिलबहादुर महत, नेकपा नेता जीवन बुढथापा, शिक्षिका भगवती श्रेष्ठ, हातेमालो जुम्लाका निर्देशक टेकबहादुर रावतलाई पनि कोरोना संक्रमण देखिएको थियो । 
 

सुझावित समाचार