सिराहामा डिएसपीसहित ३३ जना कोरोना जितेर घर फर्किए

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सहित १३ प्रहरी संक्रमणमुक्त

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

सिराहामा प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित ३३ जना कोरोना जितेर घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु जैसवालसहित ३३ जना कोरोना जितेर घर फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्जसमेत रहेका प्रहरी नायव उपरीक्षक जैसवालसहित चारजना प्रहरी र ६ जना थुनुवा डिस्चार्ज भएका छन् । डिएसपी जैसवालसहितका प्रहरी र थुनुवाहरू होम आइसोलेसनमा थिए ।

यस्तै, इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज रहेका प्रहरी निरीक्षक जनक पुरीसहित १४ जना डिस्चार्ज भएको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालका इन्चार्ज डा सुभाष मण्डलले बताए । प्रहरी निरीक्षक पुरी, १२ प्रहरी र दुईजना स्थानीय कोरोना जितेर डिस्चार्ज भएको डा. मण्डलले बताए । प्रहरी अधिकृत र कर्मचारीहरू होम आइसोलनमा बस्दै आएका थिए ।

यस्तै चन्द्र माध्यमिक विद्यालय सिराहाको आइसोलेसनबाट विभिन्न स्थानीय तहका नाैजना डिस्चार्ज भएका छन् । मिर्चैया नगरपालिकाका तीन, विष्णुपुर गाउँपालिकाका दुई, सिराहा नगरपालिकाका दुई, नरहा गाउँपालिकाका एक र कर्जन्हा नगरपालिकाका एकजना कोरोना जितेर घर फर्किएको चन्द्र माध्यमिक विद्यालय आइसोलेसन इन्चार्ज डा. सरविन्दर मण्डलले बताए ।

महेन्द्र गेनाई कोरोना अस्पतालमा १६ जना र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा ३९ जना कोरोना संक्रमित उपचाररत रहेको डा. सरविन्द्रले बताए । 
 

सुझावित समाचार